AnonymousUser

Logout

उत्तर कोरियाली सकसबाट उम्किन सफलहरूको कथा

सानैदेखि देश र किम परिवारप्रति ‘बफादार’ शिक्षा पाएर हुर्किने उत्तर कोरियालीहरू परिवार भित्रैको जासुस बन्थे। आफ्नै परिवारसँग विश्वास गर्न नसकिने राष्ट्रवादी ‘ब्रेनवास’ कति खतरनाक?

इभा मोजेस कोर: हिट्लरको नरसंहारबाट बाँचेर क्षमादानसम्म

आफै जातीय नरसंहारको चक्रव्यूहमा परेर बाँचेकी इभाले अन्ततः मान्छेलाई शान्ति चाहिने, क्रोध र घृणा लिएर कसैले पनि आनन्दसँग जीवन बिताउन नसक्ने सन्देश दिइन्।

‘छाया अर्थतन्त्र’मा महिला: हिसाबकिताब राखौँ

गृहिणीका घरेलु कामलाई न त आर्थिक रूपमा मूल्यांकन गरिएको छ, न त औपचारिक रूपमा अभिलेख गरिएको छ। यसलाई हाम्रो घर र समाजले मात्र होइन, विश्व अर्थतन्त्रले समेत काम मानेको छैन।

१० वर्षको उमेरमा सम्बन्ध विच्छेद गरेकी नुजूदका नाममा…

कुरा स्पष्ट छ- म, तपाईं र हामी ‘अन्डरएज’ आमाबाट जन्मिएका सन्तान हौँ भने हाम्रा आमामाथि पक्कै बलात्कार भएको थियो र हामी त्यसका उपज हौँ।

राष्ट्रियताको बहस : नीरजकुमार कामत भर्सेस 'आदिपुरुष'

मिथकीय पात्र सीतामाथि 'नागरिक'को दाबी भइरहँदा र सो दाबी पेश गर्नेलाई राष्ट्रियता र राष्ट्रभक्तिसँग जोडिरहँदा नीरज कामतहरू 'नागरिक' बन्नकै लागि जीवन र मृत्युको अत्यासलाग्दो लडाइँ लडिरहेका छन्।

पितृसत्ताका अनेक ताण्डव

पुरुष घरको बुर्जुवा हो भने पत्नी सर्वहारा हुन्। एङ्गेल्सका अनुसार पशुपालन र खेतीपातीको शुरूआत भएको समय (बर्बर युग) मा नै 'पितृसत्ता'को समेत उदय भएको हो।

दुईपांग्रे 'राइड सेयरिङ' कति सुरक्षित?

पठाओ वा इनड्राइभ कति सुरक्षित छ त भन्ने प्रश्नमा ३३.३ प्रतिशतले 'सुरक्षित छ' भन्ने जवाफ दिए। १६.७ ले सुरक्षित महसुस नगरेको र ५० प्रतिशतले कहिले सुरक्षित र कहिले असुरक्षित महसुस गर्ने गरेको बताए। 

बजारवादको विभेद: महिलाको यौनस्वास्थ्यमा पुरुष नियन्त्रण

परिवार नियोजनका साधन प्रयोग गर्नुअघि कति जोडीले/महिलाले डाक्टरसँग परामर्श लिन्छन् होला? अझ अविवाहित जोडीको हकमा परामर्शको अवस्था कस्तो होला? यसबारे नेपालको स्वास्थ्य क्षेत्र चिन्तित देखिँदैन।

आधुनिक मनुवाद र 'कलीयुग'का कालीहरू

थर, जात र गोत्रको राजनीति हाम्रो समाजको आदिम राजनीति हो। यस समाजका महिला एउटा थर/गोत्र लिएर जन्मिन्छन् र अर्कै थर/गोत्र बोकेर मर्छन्।