संसद् अधिवेशन अन्त्य गरेर र संसद् अधिवेशनलाई निर्धारित समयभन्दा पछाडि धकेलेर अध्यादेश ल्याउनु हिजो गलत, आज गलत, सधैँ गलत हो।
महान्यायाधिवक्ताको कार्यालयले अब अनुहार, पद, ओहोदा, पार्टी निकटता/सदस्यता हेरेर मुद्दा चलाउने वा नचलाउने तजबिजी अधिकार प्राप्त गरेको हो?
बाबु र आमामध्ये एक नेपालको नागरिक भए त्यस्तो व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न सक्ने सिद्धान्त सर्वोच्च अदालतले प्रतिपादन गरेको छ।