हरि शर्मा आज स्यामुएल पी. हन्टिङ्टनद्वारा लेखिएको किताब 'द थर्ड वेभ: डेमोक्रेटाइजेसन इन द लेट ट्वेन्टिएथ सेन्चुरी' को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकमा हन्टिङ्टनले कसरी बीसौं शताब्दीको अन्त्यतिर संसारभर प्रजातान्त्रिक लहर आयो र ती प्रजातान्त्रिक आन्दोलनहरू कसरी विभिन्न देशहरूमा सफल या असफल भए भन्नेबारे विश्लेषण गरेका छन्।
हन्टिङ्टनले प्रजातन्त्रको तेस्रो लहरलाई स्पष्ट पार्दै विश्व राजनीतिमा भएको विशाल परिवर्तनको व्याख्या यस किताबमा गरेका छन्।प्रजातन्त्रको उदयले राजनीतिक परिवर्तनलाई कसरी अघि बढायो र यसले भविष्यमा कस्तो भूमिका खेल्न सक्छ भन्ने जिज्ञासाको सम्बोधनसहित किताबका मुख्य बुँदाहरूको चर्चा सुनौँ हरि शर्माबाट।