AnonymousUser

Logout
SEASON 1

EP08 : Free and Equal: Daniel Chandler

 

हरि शर्माले ड्यानियल स्यान्डलरद्वारा लिखिएको 'फ्रि एन्ड इक्वल' किताबको चर्चा गर्दै हुनुहुन्छ । यस किताबमा स्यान्डलरले समाजमा न्यायसंगत संरचनाहरू कसरी निर्माण गर्न सकिन्छ भन्ने सवालमा समानता र स्वतन्त्रताको आदर्शहरूलाई नजिकबाट हेरिरहेका छन् । यो पुस्तकले विशेष रूपमा जोन रल्सको प्रसिद्ध कृति 'द थेउरी अफ जस्टिस'लाई केन्द्रमा राख्दै न्यायका सिद्धान्तहरूलाई पुनर्व्याख्या गरेको छ।

रल्सको पुस्तकमा प्रतिपादन गरिएका 'ओरिजिनल पोजिसन' र 'भेल अफ इग्नोरेन्स' जस्ता अवधारणाहरूको माध्यमबाट समाजमा न्यायको मापदण्ड के हुन सक्छ भन्नेबारे छलफल गरिएको थियो। स्यान्डलरले यो अवधारणालाई अघि बढाउँदै, समाजमा समानता कसरी आउन सक्छ भन्नेबारे यो किताबमा गहिरो विश्लेषण गरेका छन् ।

पुस्तकले क्षमता र न्यायको दृष्टिकोणमार्फत विकास र समानताको सवालमा गहिरो योगदान दिएका अमर्त्य सेनको विचारलाई पनि सम्बोधन गर्छ । स्यान्डलरको यो किताबले रल्स र सेन दुवैका विचारहरूलाई समेट्दै न्यायपूर्ण समाज निर्माणको मार्ग चित्रण गर्न मद्दत पुर्‍याउँछ।