Friday, April 19, 2024

-->

गाईको पूजा गरी मनाइयो गाई तिहार

प्रकाशित मिति:  

कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइएको छ। गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। गाई हिन्दु धर्मावलम्वीका लागि पवित्र र महत्त्वपूर्ण प्राणी मानिन्छ। आमाले आफ्ना सन्तानलाई दूध खुवाएजस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रूपमा पनि पुकारिने गरिन्छ।

                 

सम्बन्धित सामग्री