Tuesday, April 16, 2024

-->
ल्होछार
सोनाम ल्होछारको हर्षोल्लास

काठमाडौँ– तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम ल्होछार पर्व मनाएका छन्। काठमाडौँ उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन्। ल्होछारको अवसरमा काठमाडौँको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो। तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकीसमेत प्रदर्शन गरिएको छ। आजको दिन तामाङ समुदायको बसोबास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ। आजको दिनलाई यो समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष शुरू भएको छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरू भएको छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ।

प्रकाशित मिति: