Thursday, April 25, 2024

-->
संस्कृति
बुंगमतिबाट पाटन तः बहाल ल्याइयो मच्छिन्द्रनाथको मूर्ति

६ महिनाअघि बुंगमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिरमा स्थापित गरिएको रातो मच्छिन्द्रनाथको मूर्तिलाई पाटन तः बहालस्थित मच्छिन्द्रनाथको मन्दिरमा पुनः स्थापित गरिएको छ। सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई नेपाल भाषामा बुंग द्यः (बुंगमतिका देवता) र लोकेश्वर करुणामय पनि भनिन्छ। रातो मच्छिन्द्रनाथको मूर्तिलाई ६ महिना बुंगमतिस्थित मच्छिन्द्रनाथको मन्दिर र ६ महिना पाटनको तः बहालस्थित मच्छिन्द्रनाथकै मन्दिरमा राख्ने गरिन्छ। सबैभन्दा लामो जात्राको रूपमा मानिने ‘रातो मच्छिन्द्रनाथको जात्रा’पछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुंगमतिमा लगिन्छ। र, ६ महिनाको अन्तरालतमा मच्छिन्द्रनाथलाई पाटन फर्काइने चलन चलिआएको छ। तस्वीरहरू : अमित मचामसी

प्रकाशित मिति: