Friday, March 29, 2024

-->
तिहार झिलिमिली पार्ने चटारो
तिहार झिलिमिली पार्ने चटारोमा भक्तपुर

औँशीको कालो रातलाई पनि दियो बालेर झलमल बनाउँदै घरमा धनकी देवी लक्ष्मी भित्राउने चाड हो तिहार। नजिकिएको तिहारका लागि काठमाडौं उपत्यकाको प्राचीन शहर भक्तपुरका प्रजापति समुदाय माटाका पाला बनाउन व्यस्त छन्। भक्तपुरको पोटरी स्क्वायर, लिवाली, भोलाछेँ क्षेत्रमा माटाका पाला बनाउने–सुकाउनेहरुको व्यस्तता चुलिएको छ । पछिल्लो समय प्लास्टिकका दियो र विद्युतीय बत्तीले माटाका पालालाई विस्थापित बनाइरहँदा पालामै तेल र बत्ती बालेर तिहार उज्यालो बनाउनेहरु भने माटाका पाला खोज्दै भक्तपुर नै पुग्छन्। तस्वीरहरुः अमित मचामसी

प्रकाशित मिति: