Sunday, July 13, 2025

-->
बजारको बिजोग
कुलेश्वर फलफूल बजार हिलाम्य

बर्खा लागेपछि काठमाडौँका तरकारी तथा फलफूल बजार अस्तव्यस्त हुने गरेका छन्। हल्का पानी पर्नासाथ हिलो हुने तरकारी बजारको बर्खाको समयमा बिजोग नै हुने गरेको छ। काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारको हालत त्यस्तै भएको छ। बजार क्षेत्र जलमग्न हुन थालेपछि व्यापारी र ग्राहकलाई समस्या भएको छ। यसले व्यापार घटाएको थोक बिक्रेताले बताएका छन्। यहाँ बजारको संरचना व्यवस्थित छैन। नाली प्रणालीसमेत कमजोर हुँदा हरेक वर्षायाममा यस्तो समस्या दोहोरिने गरेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: