Friday, February 07, 2025

-->
फोटोग्राफर
७० वर्षीया फोटोग्राफर मैयाँ

नेपालको धेरै भिडभाड हुने ठाउँमध्येको एक हो, न्युरोड। जहाँ ७० वर्षीया मैयाँ श्रेष्ठले फोटो स्टुडियो सञ्चालन गरिरहेकी छन्। उनी ५४ वर्षकी भएपछि मात्र यो पेसामा लागेकी हुन्। त्यसअघि राष्ट्रिय वाणिज्य बैंकमा सहायक पदमा कार्यरत थिइन्। पहिले पसलमा ग्राहक धेरै आउँथे। अहिले क्यामरा, ल्यापटप र स्मार्टफोन सर्वव्यापी भए, जसले गर्दा ग्राहक पनि घट्दै गएको उनको अनुभव छ। तस्वीर: स्कन्द गौतम/फोटो लाइब्रेरी

प्रकाशित मिति: