Thursday, April 18, 2024

-->
जोगी भेषमा पैसा असुल्दै
जोगी भेषमा पैदलयात्रीलाई घेर्दै, पैसा असुल्दै

भेषभुषा हेर्दा जोगीको छ, तर उनीहरूले बाटोमा हिँड्ने पैदल यात्रीलाई गर्ने व्यवहार अस्वाभाविक लाग्छन्। पशुपति तीलगँगा नजिकै बिहानैदेखि ओहोर दोहोर गरिरहने अधिकाँश २२ वर्ष उमेर नकटेका जस्ता देखिने साधुभेषीहरू पैदलयात्रीलाई बाटो छेकेर घेर्छन् र उनीहरूले बोकेका कमाण्डलुमा पैसा राख्न भन्छन्। ती साधु भेषधारीले पैदल यात्रीको हुलिया वा अनुहार हेरेर घेर्ने गर्छन्। सोझा सिधा, र धेरैजसो वैदेशिक रोजगारीमा लगेजसहित हिँडेकालाई घेरिरहेको भेटिन्छन्। “सुरुमा पाँच रुपैयाँ राख भन्यो, त्यसपछि भगवानको नाम फलाक्दै क्रमशः पैसा राख्न लगायो।” रौतहटका ४० वर्षीय नागेन्द्र साहले भने “फुत्कनै दिँदैनन्,अनेक आश र प्रलोभनका कुरा सुनाउँछन्, विभिन्न भगवानको नाम लिँदै पैसा राख्न लगायो।” तीलगँगा वरपरका वासिन्दाका अनुसार यी पहेँलो वस्त्रधारी युवाहरू आएको त्यस्तै महिना दिन जति भयो।

प्रकाशित मिति:  


Topics