फूलैफूलको मौसम
फूलैफूलले ढकमक्क काठमाडौँ
काठमाडौँ उपत्यका सडक किनारमा फुलेका फूलले ढकमक्क छ। धुँवाधुलो र प्रदूषण त छँदैछ तर, त्यहीबीच फुलेका रंगीचंगी फूल र हरियालीले संघीय राजधानीलाई मनमोहक बनाएको छ। सडकसँगै नदी किनार, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूलैफूलले ढाकेको छ। पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन्। चेरी र आरु फूलको दृश्यमा यात्रुहरू रमाइरहेका देखिन्छन्। तस्वीर : न्युज एजेन्सी नेपाल
प्रकाशित मिति:
4/15/2023 11:27:20 AM