यो साता उकालोका लागि राजनीतिक आडमा रचिएको कालिञ्चोक मास्ने खेलबारे दिपा दाहालले तयार पारेको खोजमूलक रिपोर्ट सबैभन्दा चर्चामा रह्यो। यस स्टोरीमा एमाले नेतृत्वनिकट दोलखाका नेता बालकृष्ण शिवाकोटीले केबलकार बनाउन धार्मिक–सांस्कृतिक रूपमा महत्त्वपूर्ण कालिञ्चोकको वनक्षेत्र कसरी हत्याए भन्नेबारे विस्तृत रिपोर्ट प्रस्तुत गरिएको छ।
करिब ६ महिना लामो यस खोजले दोलखाका एमाले नेता बालकृष्ण शिवाकोटी र उनको समूहले राजनीतिक शक्तिको आडमा कालिञ्चोकमा केबलकार चलाउन गरेको बलजफ्तीका कारण भइरहेको वन विनाश र भू-क्षयबारे सविस्तार वर्णन गरेको छ। काठको व्यापारबाट विभिन्न व्यवसाय फैलाउँदै राजनीतिमा सक्रिय शिवाकोटी आफूलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका भाञ्जा बताउने गर्छन्। ओलीसँग उनको नाता सम्बन्ध प्रष्ट नभए पनि निकटता बाक्लो छ। जस्तो, केही वर्षअघि ओलीले कालिञ्चोक पुगेर उनको केबलकार उद्घाटन गरेका थिए। ओलीको सचिवालयका सदस्यहरू केबलकार कम्पनीमा शेयर सदस्य बनेका थिए।
शिवाकोटीले शुरूमा कुरीक्षेत्रलाई गुठीको स्वामित्वमा देखाएर केबलकार चलाउन गुठीसँग जग्गा सट्टापट्टा गर्न या लिजमा लिन स्थानीयलाई अघि सारेका थिए। त्यो प्रयास सफल नभएपछि मन्त्रिपरिषद्को अनुमतिबाट केबलकार निर्माण गर्न वन मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने सहमति लिएका थिए। ईआईए प्रतिवेदनले केबलकारको प्रस्तावित ठाउँ गौरीशंकर संरक्षण क्षेत्र आयोजनालाई संरक्षणको जिम्मा दिएको राष्ट्रिय वन भएको निष्कर्ष निकाल्यो। जिल्ला वन कार्यालय, स्थानीय सामुदायिक वन उपभोक्ता समूह लगायतले कुरीमा केबलकार निर्माण गर्न नदिने बताएपछि शिवाकोटी समूह मन्त्रिपरिषद्को स्वीकृति लिएर केबलकार बनाउने योजनाबाट पछि हट्यो।
त्यसपछि गुठी संस्थानसँगको मिलेमतोमा कालिञ्चोक भगवती मन्दिर रहेको टापु र कुरीको केही भाग ‘लिज’मा लियो। अनौठो के भने, यो जग्गा गुठीका नाममा दर्ता छैन। यो जग्गा शिवाकोटी समूहले कसरी लिजमा हत्याएर कालिञ्चोकमा केबलकार बनायो? अनि यहाँका बासिन्दाको उठिवास लाग्नेगरी सरकारी संयन्त्रदेखि दल र नेताहरूले नै त्यसमा कसरी सघाए? यो रिपोर्ट त्यसकै फेहरिस्त हो।
पढ्नुहोस् राजनीतिक शक्तिको आडमा रचिएको लुटको चिरफारः कालिञ्चोक मास्ने खेल : एमाले नेतालाई व्यापारका लागि जब वन नै जिम्मा लगाइयो
अब साताका प्रमुख हेडलाइन।
देश-समाज
महाकाली सन्धिका २९ वर्ष: नेपाललाई पानी दिन भारतको बेवास्ता
महाकाली सन्धि भएको करिब तीन दशक बितिसक्दा पनि शारदा बराजबाट नेपालतर्फ पानी पठाउन भारतले लिंक नहर बनाएको छैन। जबकि, सन्धिमा भारतले त्यतातर्फको ११ सय मिटर नहर बनाउनु पर्ने उल्लेख छ।
भारतले पानी छाड्न आनाकानी गरिरहेको महाकाली सिँचाइ आयोजनामा बजेटमै अंकुश, दुई दशकमा २६ प्रतिशत काम
शुरूआतमा ११ अर्ब रहेको आयोजनाको अनुमानित लागत सरकारले न्यून बजेट बिनियोजन गर्दा अहिल्यै ३५ अर्ब पुगिसकेको छ। त्यसमाथि निर्माण भइसकेको खण्डमा भारतले पानी छाड्नै मानेको छैन।
दोधारा–चाँदनी सुक्खा बन्दरगाहः सुदूरपश्चिमले ३० वर्षदेखि देखेको सपना, दिल्ली जोड्ने छोटो नाका
गड्डाचौकी नाकादेखि उत्तराखण्डस्थित भारतकै ठूलो रूद्रपुर औद्योगिक क्षेत्र ९० किमी र दिल्ली ३२७ किमी दूरीमा छन्। तर नेपालतर्फ पूर्वाधार नबन्दा सुदूरपश्चिमबाट अहिलेसम्म सिधै कारोबार हुन सकेको छैन।
नश्लीय आक्रमणको लज्जाजनक घटनाः ऋतिक रोशन काण्ड
वर्षा बाँचिरहेको भए आज (पुस १४ गते) ३७औँ जन्मदिन मनाइरहेकी हुन्थिन्। तर एउटा ‘फेक’ खबर फैलिँदा मुलुक अशान्त भयो र वर्षासहित पाँच जनाले ज्यान गुमाए। एक हजारभन्दा बढी घाइते भए।
कला-जीवन
४५ वर्षअघि विश्व सम्पदास्थल बनेको हनुमानढोकाः प्रहरी कार्यालय सर्यो, प्रहरीले छाडेन भवन
हनुमानढोका दरबारमा २०१२ सालमा जिल्ला प्रहरी कार्यालय राखियो। तर यो क्षेत्र २०३६ सालमा विश्व सम्पदा सूचीमा पर्यो। २०७२ सालको भूकम्पमा भवन क्षतिग्रस्त भयो र खाली गरियो, तर प्रहरीले अझै पहरा दिइरहेको छ।
बलिउडका ‘अफबिट’ सिनेमा निर्देशक बेनेगल, भन्थे– महिलाका समस्याबारे स्वच्छ बहस हुनुपर्छ
निर्देशक बेनेगल गरिबी, महिलाको ग्ल्यामरलाई प्रधानता नदिई यस्ता विषयमा स्वच्छ बहस हुनुपर्छ भन्ने मान्यता राख्थे। उनका फिल्मका ‘ओपन इन्डिङ्स’ यस्तै बहसका लागि छाडिएका हुन्थे।
कार्टर फेरि नेपाल आउन चाहन्थे
शान्ति प्रक्रियामा नेपालका सहयोगी कार्टरले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई तथा प्रधानसेनापति रूक्माङ्गत कट्वाललाई भेटेका थिए।
चुकन्दरबाट चिनी– हिमाली/पहाडी क्षेत्रमा बन्न सक्छ कमाइको विकल्प
नेपालको वर्तमान उत्पादन अवस्थाको विश्लेषण गर्दा २० रोपनी जमिनमा ३० देखि ५० टन ताजा चुकन्दर उत्पादन गर्न सकिन्छ। यसबाट सरदर ४६ देखि ७५ क्विन्टल चिनी उत्पादन सम्भव छ।
परेवासँग नजिकिँदा रोगको जोखिम, ज्यानै लिन सक्छ फोक्सोको संक्रमणले
परेवा मानिसको आसपास बस्न रुचाउँछ। घरमा पालिने यो चरो धार्मिकस्थलमा पनि छाडिन्छ। तर परेवा पाल्ने, खुवाउने र मल व्यवस्थापन गर्ने मात्र नभई संसर्गमा पुग्नेलाई पनि फोक्सो संक्रमणलगायत रोगको जोखिम हुन्छ।
अर्थ-बजार
अनलाइन सपिङका नाममा ठगी: सामाजिक सञ्जालमा आकर्षक विज्ञापन, रकम लिएपछि बेइमानी
पछिल्लो साढे ३ वर्षमा अनलाइन सपिङका नाममा सामाजिक सञ्जालमार्फत झन्डै ९ करोड रुपैयाँ ठगी भएको प्रहरीमा उजुरी परेको छ। सस्तो मूल्यको आकर्षक सामान राख्ने र रकम लिएपछि डेलिभरी नगर्ने घटना धेरै छन्।
समस्याग्रस्त कर्णाली विकास बैंकले उब्जाएको प्रश्नः के छ अरू वित्तीय संस्थाको हालखबर?
बलियो नियमनकारी निकाय नेपाल राष्ट्रबैंक मातहतको एउटा विकास बैंक झन्डै एक दशकपछि समस्याग्रस्त भएपछि अन्य केही वित्तीय संस्थाको विवरणमा प्रश्न उठेको छ। कस्तो छ ती संस्थाको वित्तीय अवस्था?
अन्तर्वाता
दुई वर्षअघि नेपाली कांग्रेसको कोटामा भारतको लागि नेपालका राजदूत बनेका डा. शंकरप्रसाद शर्मा दोहोरिँदै राजदूत बनेपछि कार्यभार सम्हाल्न सोमबार मात्रै दिल्ली उत्रिएका छन्। त्यसअघि, सन् २००९ देखि चार वर्ष अमेरिकाका लागि राजदूत रहिसकेका शर्माले राष्ट्रिय योजना आयोगको उपाध्यक्षसहितका महत्त्वपूर्ण पदभारसमेत सम्हालिसकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तालिका तय गर्नेदेखि नेपाल–भारतबीच विद्यमान समस्या र सरोकारमा समाधान पहिल्याउने महत्त्वपूर्ण जिम्मेवारीका साथ दिल्ली जानुअघि राजदूत शर्मासँग उकालोका लागि देवेन्द्र भट्टराईले गरेको कुराकानी: मेरो प्राथमिकता भनेकै प्रधानमन्त्रीको भारत भ्रमण: डा. शंकर शर्मा
विचार-टिप्पणी
‘एक्सिडेन्टल’ प्रधानमन्त्रीको उदारीकरण उडान
दशक लामो प्रधानमन्त्रीत्वकालका पछिल्ला दुई वर्ष सर्वत्र आलोचित डा. मनमोहन सिंहले अन्तिम पत्रकार सम्मेलनमा भनेका थिए– ‘इतिहास मेरो मूल्यांकनमा मिडियाभन्दा दयालु हुनेछ।’
दोहोरो विभेदमा उत्पीडित समुदायका ‘क्विर’
दलित क्विरको लागि त यो समाज अझै चुनौतीपूर्ण छ। क्विर हुनु सामाजिक रूपमा विभेदमा पर्नु त हो नै, सँगै दलित क्विर हुनु जातीय र लैंगिक दुवै विभेदमा पर्नु हो।
विश्व
दक्षिण कोरियामा विमान दुर्घटना : सबै यात्रु र चालक दलका ४ सदस्यको मृत्यु
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा चालक दलका दुई सदस्यबाहेक विमानमा सवार सबैको मृत्यु भएको छ।
भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन
भारतीय प्रधानमन्त्री मोदीलगायत सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन्।