प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्किएका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गरेका थिए। मंगलबार भएको भेटमा चिनियाँ राष्ट्रपति सिले नेपाललाई ५०० मिलियन आरएमबी (नौ अर्ब) अनुदान दिने घोषणा गरेका थिए।
सो भ्रमणका दौरान नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेको र थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरण गर्न नेपाल तयार रहेको भन्दै लगानी बढाउन प्रधानमन्त्री ओलीले चिनियाँ लगानीकर्तासँग आग्रह गरेका थिए।
यस भ्रमणको मुख्य उद्देश्य ठानिएको चिनियाँ अवधारणा ‘बेल्ट एन्ड रोड इनिसटिभ (बीआरआई) कोअपरेशन फ्रेमवर्क'मा नेपाल र चीनका अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरे।
लामो चर्चा र गृहकार्यपछि बुधबार हस्ताक्षर भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को सहयोग अवधारणाभित्र समेटिएको ‘एड असिस्टेन्स फाइनान्सिङ’को अर्थ र अभिप्रायलाई लिएर बहस शुरू भएको छ। ‘बीआरआईमा ऋण लिइन्न, अनुदान मात्रै’ भन्ने शर्त राख्दै आएको नेपाली पक्षले तत्कालका हकमा ‘सहुलियत दररेट तथा प्रचलनअनुसारको प्रबन्धमा ऋण लिन मिल्ने’ सहमतिमा हस्ताक्षर गरेको छ ।
यसबारे थप पढ्नुहोस्: बीआरआई ‘फ्रेमवर्क’मा सहमति: अनुदान र सहुलियतपूर्ण ऋण दुवै!
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि उपनिर्वाचनमा सम्पन्न भएको छ। गत आइतबार भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको थियो।
स्थानीय तहका विभिन्न ४४ पद रिक्त भए पनि तीन उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए भने बाँकी ४१ को चुनाव भएको थियो।
उपनिर्वाचन भएका कुल ४४ पदमध्ये नेपाली कांग्रेस १९ मा विजयी भएको छ भने विश्लेषकले आकलन गरेभन्दा राम्रो नतिजा ल्याएको नेकपा माओवादी केन्द्र ११ पदमा निर्वाचित भएको छ। यसैगरी, तेस्रो स्थानमा रहेको नेकपा एमालेले आठ र जसपाले दुई सिट ल्याएका छन्। बाँकी चार पदमा नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
उपनिर्वाचनमा एक नगरपालिका प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्ष पदका लागि मतदान भएको थियो जसमा दर्ता भएका २५ मध्य २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो भने राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा थिए।
देश-समाज
खुला लैनचौर खेलमैदानमा परिणत, अस्तित्व मेटिने चिन्ता
करिब २०० वर्षअघि बेलायती राजदूतावास स्थापना हुनुअघि नै लैनचौर खुला मैदान थियो। त्यो समयको विशाल लैनचौर मैदान अहिले खुम्चिएर फुटसल र बास्केट बल कोर्टमा सीमित छ।
सडक सुरक्षाको सिंगापुर मोडलः नेपालले सिक्न सक्छ पाठ
सिंगापुरमा सन् २०१४ मा १५० वटा दुर्घटना भएका थिए। २०२३ सम्ममा त्यो संख्या घटेर १३१ मा झरेको छ। पछिल्लो १० वर्षमा सबैभन्दा बढी दुर्घटना भएको पनि २०२३ साल हो।
काठमाडौँ उपत्यकाका ११ विद्यालय भवन एउटै ठेकेदारबाट अलपत्र, हैरान छन् गुरुहरू
काठमाडौँका ११ विद्यालयका भवन करिब १४ महिनामा हस्तान्तरण गर्ने गरी निर्माण थालिएको साढे ३ वर्ष भइसकेको छ। तर ठेकेदार कम्पनीको लापरबाहीले विद्यार्थी जोखिममा र शिक्षकहरू समस्यामा छन्।
उपप्रधानमन्त्री सिंहको कार्यकक्ष सिँगार्न भत्काउन लागिएको भवनमा खर्च गरियो ४९ लाख
‘कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्ष र सचिवालय त्यहीअनुरूप हुनुपर्यो’ भन्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहको सचिवालयले भत्काउन लागिएको भवनमा मर्मतका नाममा ४९ लाख रुपैयाँ खर्च गराएको छ।
फलोअप
गोदावरीको खानेपानी समस्या
२ करोड खर्च भइसकेको आयोजनाले पठाउने पानी नै दूषित, त्यसको पनि चर्को शुल्क : गोदावरीमा करिब २ करोड खर्च भइसकेको निर्माणाधीन आयोजनाबाट परीक्षण सञ्चालनका लागि पठाइएको पानी पिउन अयोग्य छ। यस्तो पानीको पनि दुई वर्षपछि एकमुष्ट बिल पठाइँदा उपभोक्ता हैरान छन्।
उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार
‘क्लिनचिट’ दिन महिला आयोगलाई डेपुटी गभर्नर र पूर्वकार्यकारी निर्देशकको दबाब : राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले आफूहरू महिला सहकर्मीमाथि भएको हिंसामा संलग्न नरहेको भन्दै आरोपबाट सफाइ दिन महिला आयोगलाई दबाब दिएका छन्।
जाजरकोट भूकम्पका एक वर्ष
सरकारले देखेन चिउरीवासीको घाउ, घर ठड्याउन फेरि कालापहाड : गत वर्ष भूकम्पमा घाइते शरीर लिएर बाँचेका चिउरीवासीलाई अझै बासकै चिन्ता छ। सद्दे पुरुष कोही काम खोज्दै कालापहाड पुगेका छन्, कोही जाने योजनामा।
अर्थ–बजार
हाइड्रोपावर लगानीकर्ता ऊर्जामन्त्रीको स्वार्थमा भइरहेको कानून बदल्ने खेल
ऊर्जामन्त्री दिपक खड्का जलविद्युत् क्षेत्रका ठूला लगानीकर्ता हुन्। उनले यही स्वार्थमा प्रयोग गरिरहेको पदीय प्रभावमा संसदीय समितिदेखि राज्यसंयन्त्रहरू नै हतियार बनिरहेका छन्, कसरी?
वाइड बडी घोटालामा अमेरिकी खुलासाः यूएईको बैंक खाताबाट दिइएको थियो नेपाली अधिकारीलाई घुस
नेपाल एयरलाइन्सका दुई वाइड बडी विमान खरिदमा भएको घुस लेनदेनमा नेपालीमूलका बेलायती नागरिक दीपक शर्मालाई दोषी ठहर गर्दै अमेरिकी अदालतले यूएईका बैंक खाताबाट नेपाली अधिकारीहरूलाई घुस दिएको तथ्य खोलेको छ।
अन्तर्वाता: ‘बीआरआईमा नेपालको हितअनुकूल संशोधन गरेर मात्र हस्ताक्षर भएको हो’
चीनका लागि पूर्वराजदूत लीलामणि पौड्याल (२०७३ भदौ–२०७६ फागुन) चर्चामा रहेको चिनियाँ विकास रणनीति 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) बारेका एक जानकार कूटनीतिज्ञ एवं प्रशासक हुन्। उनी बेइजिङमा कार्यरत रहेकै बेला नेपालले चीनसँग बीआरआई सम्झौता गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारबाट हुन लागेको चीन भ्रमणका सन्दर्भमा बीआरआई रणनीति र यसमा उब्जने गरेका विवाद–बहस बारेमा उकालोका लागि देवेन्द्र भट्टराईले गरेको कुराकानी
विचार-टिप्पणी
अन्तर्राष्ट्रिय अपागंता दिवस: अपांगता भएका दलित महिलामा विभेदका चाङ
सरकारले अपांगता भएका व्यक्तिका लागि निःशुल्क शिक्षा र सिपमूलक तालिम भनेको भए पनि उक्त अवसरबाट अपांगता भएका दलित महिला वञ्चित छन्।
दार्जिलिङ–सेरोफेरो: कार्यक्रम शुरू हुनुअघि…
‘गोर्खाहरूलाई न्याय नदिने गोर्खा नै हो कि केन्द्र सरकार? केन्द्र सरकार हो भने उसलाई कालो झन्डा नदेखाएर केको दार्जिलिङकै जनतालाई पो उल्लु बनाइ राखेको?’
तथाकथित निराशाको युगमा
एउटा पक्की पर्खालभित्रको पक्की घरअगाडि भक्सवागन कार छ। फोटो खिचेँ। दशकअघि त भक्सवागनको ठाउँमा भैँसीले गोब्य्राउँथ्यो होला भनेर सोचेँ। घरभित्र पसेर कुराकानी गरेको भए शायद निराशै सुनिन्थे होलान्।
‘ओ’क्रेसी, डी. इ. एम.’ र ‘एम. इ. डिया’
शक्तिशाली हुँदै गएका नवशासकहरू सरकारप्रतिको नागरिक असन्तुष्टि र अविश्वासलाई व्यक्तिगत रूपमा आफूप्रति लक्षित ठान्छन्। समस्याको समाधानभन्दा पनि नागरिकलाई नै सजाय दिन उद्धत हुन्छन्।
खेल
एनपीएल: जनकपुरको लगातार तेस्रो जित
जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। जनकपुरले १३९ रनको लक्ष्य १७.१ ओभरमा १४३ रन बनाउँदै पूरा गर्यो।
सुदूरपश्चिमको दोस्रो जित, काठमाडौँ ७३ रनले पराजित
एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गरेको छ।
नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने
नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कप महिला फुटबलमा नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
विश्व
नगद वितरणको सरकारी योजनाले प्रभावित भारतीय चुनाव
विभिन्न राज्यमा सत्तारुढ दलका लागि चुनाव जित्ने अस्त्र भइरहेको महिलालाई नगद बाँड्ने योजना विस्तारै भारतभरि फैलिरहेको छ। कतै ‘मैयाँ सम्मान’, कतै ‘लाडकी बहीण’ त कतै ‘लाडली बहना’को नाममा नगद बाँडिन्छ।
कवितामा पोखिएका प्यालेस्टिनीका वेदना, अब कसले लेखिदेला?
अहिले जो जीवित छन्, उनीहरू पनि कवितामार्फत आवाज बुलन्द गर्न छाडेका छैनन्। प्यालेस्टिनीका पीडा बाँकी दुनियाँसम्म पुर्याउन, के चाहन्छन् प्यालेस्टिनी भनेर देखाउन कविहरू कलम चलाइरहेका छन्।
गिनीको फुटबल खेल मैदानमा भागदौड हुँदा ५६ जनाको मृत्यु
गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा फुटबल प्रतियोगिताका क्रममा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको छ।
ब्रिक्स देशहरूलाई ट्रम्पको चेतावनी : अमेरिकी डलरको सट्टा अन्य मुद्रा अपनाएमा शतप्रतिशत 'ट्यारिफ'
सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलनमा ब्रिक्स देशहरूले नयाँ साझा मुद्रा सिर्जना गर्ने सम्भावनालाई विचार गर्ने निर्णय गरेका थिए।