Wednesday, January 15, 2025

-->

उकालो विशेष बुलेटिन: वर्षा, बाढी र वितण्डा

बिहीबारदेखि शुरू भएर शुक्रबार अति भारी वर्षा हुने पूर्वसूचना साताअघि नै जारी भएको अवस्थामा ठूलो धनजनको क्षति हुन पुगेकाले सम्बन्धित निकायको पूर्वतयारी सधैँझैँ प्रश्नचिह्नले घेरिएको छ।

उकालो विशेष बुलेटिन वर्षा बाढी र वितण्डा

बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण २०० जनाको मृत्यु भएको छ। कम्तिमा २६ जना अझै बेपत्ता छन् भने १२७ जना घाइते भएको विवरण नेपाल प्रहरीले जारी गरेको छ। धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा गएको पहिरोमा मात्रै कैयौँले ज्यान गुमाए, उपत्यकामा पनि धेरै जनधनको हानि भयो। 

मनसुन बाहिरिने समयमा भित्रिएको यो विपद्ले आउनै लागेको चाडपर्वको समय खल्लो बनाएको छ। बिहीबारदखि शुरू भएर शुक्रबार अति भारी वर्षा हुने पूर्वसूचना साताअघि नै जारी भएको अवस्थामा यति ठूलो धनजनको क्षति हुनपुगेकाले सम्बन्धित निकायहरुको पूर्वतयारी सधैँझैँ प्रश्नचिह्नले घेरिएको छ।

 सम्बन्धित: बाढीको पूर्वसूचना हुँदाहुँदै कसरी भयो ठूलो मानवीय क्षति?

यस वर्षाले काठमाडौँ उपत्यका र आसपासका जिल्ला बढी प्रभावित भएका छन्। प्रायः राजधानी बाहिरका क्षेत्रले विपद्का बेला केन्द्रीय प्रशासनको बेवास्ता झेले पनि यसपटक काठमाडौँ उपत्यकामै सरकारी संयन्त्रको परिचालन भद्रगोल देखियो। अवस्था यस्तो थियो कि कतिपय ठाउँमा प्रहरी र सेनासँग आवश्यक सामग्री उपलब्ध नहुँदा बाढीमा फसेकाको उद्धारमै ढिलाइ भएको थियो। यसअघि केही स्थानीय निकायले विपद्अगावै आवश्यक पूर्वतयारी गरेका कारण क्षति नियन्त्रण भएका उदाहरण पनि छन्।

हाल गृह प्रशासन विपद्मा परेकाहरूको उद्धार र घाइतेहरूको उपचारमा खटिएको छ। सुरक्षाकर्मी सीमित स्रोतसाधनका बाबजुद बाढीमा फसेकाको उद्धारमा शनिबार बिहानैदेखि जुटेका थिए। सुरक्षाकर्मी सरकारकै अंग भए पनि मनसुनी वर्षाले निम्ताउने विपद्बारे सरकारको नेतृत्वमा रहेकाहरू जिम्मेवार नदेखिएको केही घटनाक्रमले देखाउँछ।

खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजारभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ। बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको छयसैगरी, शिक्षा मन्त्रालयले प्रभावित क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ।

तीन दिनसम्म परेको अविरल वर्षा पूर्वानुमान अनुसार शनिबार बेलुकादेखि मत्थर हुँदै आइतबार कम भएको थियो। माैसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ।

के भयो देशभर बिहीबार रातिदेखि? कहाँँ–कहाँ के कस्ता घटना घटे, सरकारले के कस्तो कदम चाल्यो? आजको विशेष न्यूजलेटरमा।

देश

वर्षाजन्य विपद‍्बाट जनजीवन अस्तव्यस्त, सडकदेखि विद्युत् आपूर्तिसम्म प्रभावित
देशव्यापी रूपमा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुबानले जनजीवन अस्तव्यस्त बनाएको छ। काठमाडौँ उपत्यकामा ४८ जनासहित देशभर ८६ जनाले ज्यान गुमाएका छन्।

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी, ६ लाख ४३ हजार क्युसेक नाघ्यो
सप्तकोशीमा जलसतह खतरा तहभन्दा ११.२६ मिटरभन्दा माथि पुगिसकेको छ। बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत‍्मा क्षति, विद्युत् उत्पादन बन्द
पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति पुर्‍याएको छ।

सुनसरीमा बाढीबाट ५०० भन्दा बढी परिवार प्रभावित
हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन्।

सुनकोशी र रोशीमा ७० वर्षपछि भयानक बाढी
बाढीले खुर्काेट बसपार्क डुबेको छ। रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ। बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छ। धानबाली नष्ट भएको छ।

पहिरोका कारण तनहुँका विभिन्न स्थानमा सडक अवरुद्ध
व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।

नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा सवारी चलाउन रोक
चितवन प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशय खोलेका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ।

उपत्यका

हनुमन्ते र मनोहरा खोलाको बाढीले भक्तपुरका १५ बस्ती डुबानमा, करोडौँको क्षति
सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रूपमा डुबानमा परेका छन्। विद्यालय, व्यापारिक केन्द्र र बस्ती डुबानमा पर्दा धनमालको क्षति भएको छ।

उपत्यकाका अस्पतालदेखि प्रहरी कार्यालयसम्म डुबानमा तस्वीरहरू
बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढी पहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन्।

ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन
विपत्तिका कारण महाकाल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको क्षति बेहोर्नुपरेको छ। राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले बताए।

अस्तव्यस्त नख्खु खोला वरपरको क्षेत्र (तस्वीर)
आइतबारबाट पानी पर्न रोकिएसँगै नख्खु खोला करिडोर आसपासका बासिन्दा घर सफा गर्न, बाँचेका सरसामान सुरक्षित स्थानतिर सार्न व्यस्त देखिन्छ।

 उद्धार

विपद्मा फसेका १६१ जनाको हेलिकप्टरबाट उद्धार
आइतबार बिहानदेखि काभ्रेपलान्चोकका विभिन्न पालिकाबाट ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ।

श्रीलंका टापुमा फसेका २५ जनाको उद्धार
बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंँसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए।

काभ्रेको रोशीमा फसेकाको उद्धारका लागि हेलिकप्टर परिचालन
पानीले बीपी राजमार्गको काभ्रेपलान्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो। नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब १५० मिटर राजमार्ग बगाएको छ।

अस्थायी आवास निर्माणका लागि ७ दिनभित्र लाभग्राही पहिचान गरिने
सरकारले विपद्‍बाट भएको क्षतिको मूल्यांकन गर्न एक विशेष कार्यदल गठन गरी १५ दिनभित्र विवरण संकलन गर्ने भएको छ।

टिप्पणी

बाढी र डुबानको जलवायु परिवर्तन सम्बन्ध
सन् २००९ पछि भएको अध्ययनले के भन्छ भने त्यतिखेर पानी नपर्नुको कारण ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धि रहेछ। ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धिका कारण नेपालमा हिउँद याममा सुख्खा पर्न गएछ।

हार्वर्डमा हिँड्दाहिँड्दै प्रधानमन्त्री ओलीलाई नाम झुन्ड्याउने हतारो!
अमेरिकामा २० जनाभन्दा बढी अवैतनिक वाणिज्यदूत, पर्यटन दूत र सद्‍भावना दूत छन्। त्यही लाममा प्रधानमन्त्री ओलीले उद्घाटनको कागजी ‘ताम्रपत्र’ थप्न पाएका छन्— अर्को ‘अनररी कन्सुलेट’ खोलिदिने नाममा।

विशेष

नेपालमा गोताखोरः जोखिम र सकसको सेवा, प्रोत्साहन शून्य
धमिलो पानीमा देख्नै सकिन्न। नदीको वेगमा अडिन मुस्किल पर्छ। पानीभित्रको चापले नसाहरू फुट्ने, कानको समस्या आउनेजस्ता स्वास्थ्य जोखिम छँदै छन्। तापनि अतिरिक्त सुविधाबिनै गोताखोरहरू निरन्तर खटिएका छन्।

बाढीले सम्झाएको सर्वोच्चको आदेश– तोकिएभन्दा थप २० मिटर नदीलाई छाड
सरकारले १६ वर्षअघि तोकेको मापदण्डमा थप २० मिटर बहाव क्षेत्र कायम गरेर मात्र काठमाडौँ उपत्यकाका नदी किनार क्षेत्रमा भौतिक संरचना बनाउन सर्वोच्चले गत पुस ३ गते आदेश दिएको थियो।

अपडेट

झ्याप्लेखोलामा अवरुद्ध सडक खुलेपछि काठमाडौँ उपत्यका भित्रिए १७ सय सवारी
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारीसाधन पठाउने तयारी पनि भइरहेको जानकारी दिए।

बगेको बाढीले छाडेका प्लास्टिक (तस्वीरहरू)
यी दृश्यले देशकै राजधानीमा फोहोर व्यवस्थापनको अवस्थालाई छर्लंगै पारेको छ।

बाढीपहिरोपछि अवरुद्ध यी सडकमा गाडी चल्न थाले
वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटाैँडा र काठमाडाैँलाई जोड्ने तीन वटा सडक सञ्चालनमा आएका छन्। यस्तै, झ्याप्ले खोलाको पहिरो पन्छाएसँगै सडक एकतर्फी खुलेको छ।

विपद्‍बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति
विपद्‍बाट सोमबार अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ।


सम्बन्धित सामग्री