Thursday, April 25, 2024

-->

उपाधि होडमा रहेको मच्छिन्द्र बराबरीमा रोकियो, एपीएफसँग जावलाखेल पराजित

खेलको २३औँ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। तर, ६०औँ मिनेटमा आर्मीकै युद्ध शाहीले आत्मघाती गोल गर्दा मछिन्द्रले खेल बराबरी गरेको थियो।

उपाधि होडमा रहेको मच्छिन्द्र बराबरीमा रोकियो एपीएफसँग जावलाखेल पराजित

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी र साविक विजेता मच्छिन्द्र क्लबले अंक बाँडेका छन्।

च्यासल मैदानमा शनिबार भएको खेलमा दोस्रो स्थानको मच्छिन्द्र र आर्मीले १–१ को बराबरी खेलेका थिए। खेलको २३औँ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।

तर, ६०औँ मिनेटमा आर्मीकै युद्ध शाहीले आत्मघाती गोल गर्दा मछिन्द्रले खेल बराबरी गर्‍यो। यस बराबरीले मच्छिन्द्रको उपाधि होडमा धक्का लागेको छ।

यस्तै, तेस्रो स्थानको जाउलाखेल युथ क्लब एपीएफ फुटबल क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा विभागीय टोली एपीएफले जाउलाखेललाई २–० ले हरायो।

विदेशी खेलाडी अर्मान्ड बेउडमले २३औँ मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। आवास लामिछानेले पहिलो हाफको इन्जुरी समयमा एपीएफका लागि दोस्रो गोल गरे।


सम्बन्धित सामग्री