यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो देशभर आंशिक बदली रहनेछ। राति कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो देशभर आंशिक बदली रहनेछ। राति कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकीको हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।