गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्याको बाटो रोजेको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ।
काठमाडौँ– गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्याको बाटो रोजेको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले आइतबार सहसचिव सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाप्रति चौतर्फी चासो र चिन्ता व्यक्त भएपछि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए। मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र अर्का एक सदस्य रहने गरी समिति गठन गरेको हो।
समितिलाई घटनाको निष्पक्ष छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। यसअघि शनिबार प्रधानमन्त्री सुशीला कार्कीले घटनाको सत्यतथ्य बुझ्न गृहमन्त्री अर्याललाई निर्देशन दिएका थिइन्।
बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको खबर सार्वजनिक भएको थियो। त्यसको एक महिनामै उनका ६१ वर्षीय बाबुले समेत ज्यान गुमाएका थिए।
नागरिकतालगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले शनिबार न्यायको मार्गमा सबै पक्षलाई सहजीकरण गर्न अपिल गरेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
