पनौतीका किसानलाई आलु खन्ने चटारो [तस्वीरहरू]

नेपालमा वार्षिक रूपमा ३१ देखि ३५ लाख मेट्रिकटन आलु उत्पादन हुने गरेको छ। माग भने ३३ देखि ३७ लाख मेट्रिकटन छ।

पनौतीका किसानलाई आलु खन्ने चटारो [तस्वीरहरू]
विजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान आलु भित्र्याउन व्यस्त छन्। असोजको पहिलो हप्ता रोपिएको आलु थन्क्याउने बेला भएको हो। 

सो क्षेत्रका किसानले वर्षमा दुई पटकसम्म आलु उत्पादन गर्ने गर्छन्। यस सिजन आलु उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ। 

null

नेपालमा आलुको वार्षिक उत्पादन ३१ देखि ३५ लाख मेट्रिकटन छ। माग भने ३३ देखि ३७ लाख मेट्रिकटन छ। 

पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार, नेपालमा बर्सेनि ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात हुने गरेको छ। गत आर्थिक वर्षमा मात्रै ७ अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको २ लाख ८७ हजार टन आलु आयात भएको छ। 

null

आलु तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ। औद्योगिक क्षेत्रमा भने चिप्स र फिंगर चिप्स बनाउन आलुको प्रयोग हुने गरेको छ। 

nullnullnull