नागरिक उड्डन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा अस्वाभाविक रुपमा लागत बढाएर सरकारलाई हानी गरेको भन्दै पूर्वअर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ।
आयोगले डा. महतसहित पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य गरी पाँच पूर्वमन्त्रीलाई पनि विपक्षी बनाउने निर्णय गरेको हो। पाँच पूर्वमन्त्रीमध्ये माओवादी नेतासमेत रहेका बोगटीको निधन भइसकेको छ। यसबाहेक, त्यतिखेरका १० जना सचिवहरू पनि विपक्षी सूचीमा परेका छन्।
शुक्रबार बसेको आयोगको बैठकले मुद्दा चलाउने निर्णय गरेको अख्तियारका उच्च अधिकारीले उकालोलाई बताए। सोही निर्णयबमोजिम आइतबार विशेष अदालतमा मुद्दा दायर हुन लागेको छ। ती अधिकारीका अनुसार, अनुसन्धान अधिकृतहरूको टोली मुद्दा दर्ताका लागि विशेष अदालत पुगिसकेका छन्।
नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालीन महानिर्देशक रतिस चन्द्रलाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको उनले बताए।
अधिकारीविरुद्ध अख्तियारले भक्तपुरको नलिनचोकको हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिसकेको छ। उनी अहिले अख्तियारकै हिरासतमा छन्।
यो पनि: पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार: को कसरी जोडिएका छन्?
पोखरा विमानस्थल निर्माण गर्दा शुरूआतमा क्यानले १४५ मिलियन डलर लागत अनुमान गरेको थियो। तर सार्वजनिक खरिद प्रक्रिया शुरू भइसकेपछि चीनको निर्माण कम्पनी सीएमसी इन्जिनियरिङ फाइदा पुग्नेगरी २१५ मिलियन डलर कायम गर्ने निर्णय गरिएको थियो। यसबाट सरकारलाई ७० मिलियन डलर हानी भएको निष्कर्ष अख्तियारले निकालेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
