दोलखाको बैतेश्वर गाउँपालिका–६ स्थित तामाकोशी नदी नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दोलखा– दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। तामाकोशी–मन्थली सडकअन्तर्गत बैतेश्वर गाउँपालिका–६ स्थित तामाकोशी नदीनजिकै आइतबार मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका ३० वर्षीय अंकीतराज उप्रेतीको उपचारका क्रममा मृत्यु भएको छ। उप्रेतीको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मेलुङ गाउँपालिका–१ पवटीका ३० वर्षीय दोर्जे लामा घाइते भएका छन्। उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
