इन्डोनेसियामा भएको खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको छ।
इन्डोनेसिया– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ।
इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको हो। खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो।
चाइनिज ताइपेको लागि हुङ के सिनले निर्णायक गोल गोल गरिन्। उनले खेलको ५३ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन्। फिफा महिला फुटबलको वरीयतामा चाइनिज ताइपे ४२औँ स्थानमा रहँदा नेपाल ८९औँ स्थानमा रहेको छ।
त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो। त्यस्तै, चाइनिज ताइपेले इन्डोनेसियालाई ५–० गोलअन्तरले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
