Friday, April 19, 2024

-->

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले रिक्त रहेको उपाध्यक्ष पदका लागि माघ २३ गते सोमबार ११ बजेर ५९ मिनेटमा निर्वाचन गर्ने गरी मिति तोकेका छन्।

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रिक्त अवस्थामा रहेको राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि निर्वाचनको मिति तोकेका छन्। शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा उनले उपाध्यक्ष पदका लागि माघ २३ गते सोमबार निर्वाचनको मिति तोकेका हुन्।

“राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका लागि २०७९ माघ २३ गते सोमबारका दिन बिहान ११ बजे ५९ मिनेटको समय तोकेको छ”, उनले भने।

उनले उपाध्यक्षको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न संघीय संसद्का महासचिव डा. भरतराज गौतमलाई निर्देशनसमेत दिए।

शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएयता राष्ट्रियसभा उपाध्यक्ष पद रिक्त रहेको छ।


सम्बन्धित सामग्री