प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवी भट्टचन जोडिएको मुद्दामा अदालतले प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ भने पूर्वशेयरधनी रामबाबुप्रसाद जयसवालसँग सात लाख धरौटी माग गरेको छ।
काठमाडौँ– प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवीप्रकाश भट्टचन जोडिएको ठगी तथा राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर प्रकरणमा काठमाडौँ जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ भने अर्का एक जनासँग धरौटी माग गरेको छ।
मंगलबार न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। त्यस्तै, म्यानेजमेन्टकै पूर्वशेयरधनी रामबाबुप्रसाद जयसवालसँग अदालतले सात लाख रुपैयाँ धरौटी माग गरेको छ। धरौटी रकम बुझाउन नसकेपछि उनी पनि थुनामा गएको सीआईबीका प्रवक्ता, एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार प्रभु मनी ट्रान्सफरका अध्यक्ष भट्टचन, प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामासहित सात जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो। प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी तथा हालका सहायक लेखा प्रमुख महाजु, प्रभु मनी ट्रान्सफरका नायब महाप्रबन्धक रामेश्वर सापकोटा, म्यानेजमेन्टकै पूर्वशेयरधनी श्रुतिका तामाङ, जयसवाल र सन्तोषकुमार लामालाई पनि प्रतिवादी बनाइएको थियो। संस्थागत रूपमा प्रभु मनी ट्रान्सफर प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिलाई समेत प्रतिवादी बनाइएको थियो।
प्रभु मनी ट्रान्सफरको ‘सुपर एजेन्ट’ रहेको प्रभु म्यानेजमेन्ट प्रालिले देशभरका सहकारीहरूलाई एजेन्ट बनाई वैदेशिक रोजगारबाट आएको रेमिट्यान्स सम्बन्धित व्यक्तिसम्म पुर्याउने काम गर्दै आएको थियो।
सहकारी संस्थाहरूले आफ्ना सदस्य तथा गैर–सदस्यलाई रेमिट्यान्स भुक्तानी गरिसकेपछि प्रभु म्यानेजमेन्टले उक्त रकम र धरौटी बापतको रकम फिर्ता नगरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। प्रभु ग्रुपका अध्यक्ष भट्टचनले कुसुम लामालाई साझेदार बनाएर सहकारीबाट उठाएको रकम हिनामिना गरेकोबारे उकालोले विस्तृत रिपोर्ट प्रकाशन गरेको थियो।
सरकारी वकिलको कार्यालयले प्रतिवादी लामा, भट्टचन, महाजु, श्रुतामाङ, सापकोटा र सन्तोषसँग जनही ६ करोड ५२ लाख रुपैयाँ बिगो र रेमिट कारोबारको नाममा भएको अवैध हुन्डी कारोबारको ६ करोड १० लाख रुपैयाँ बिगो भराउनुपर्ने मागदाबी लिएको छ। यस्तै, जयसवालसँग हुन्डी कारोबारबापतको ६ करोड १० लाख रुपैयाँ बिगो मागदाबी गरिएको अभियोगपत्रमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
