अमेरिकामा अब डक्टरहरुले ६५ वर्षमूनिका हरेक वयस्क नागरिकलाई अनिवार्य रुपमा मानसिक चिन्तासम्बन्धि स्वास्थ्य जाँच गराउनुपर्ने नियम लागू भएको छ।
अमेरिकामा ६५ वर्षमूनिका हरेक वयस्क नागरिकले अनिवार्य रुपमा एङ्जाइटी अर्थात मानसिक चिन्तासम्बन्धी स्वास्थ्य जाँच गराउनुपर्ने नियम लागू भएको छ। प्रभावशाली स्वास्थ्य दिशानिर्देश समूहको आग्रहमा ल्याइएको नयाँ नियम अनुसार अब अमेरिकी डक्टरहरुले सबै वयस्क नागरिकको एङ्जाइटी जाँच गर्नुपर्नेछ।
अमेरिकी रोग निवारण टास्क फोर्सले कुनै स्वास्थ्य समस्या नभएका वयस्क मानिसहरुलाई पनि एङ्जाइटी जाँच गराउन भनेको यो अमेरिकामा पहिलो पटक हो। सो टास्क फोर्सका अनुसार प्रभावकारी स्वास्थ्य जाँच भए अनावश्यक जाँच गराइराख्ने झन्झट नहुने हुँदा यो फाइदाजनक नै हुनेछ।
एङ्जाइटी स्क्रिनिङ गर्दा हुने संभावित फाइदा र जोखिमको मूल्यांकनका लागि कोरोना महामारीअघि नै यो जाँच सुरु गर्न एक अध्ययन प्रतिवेदनले सुझाएको थियो। अहिलेको प्रतिवेदनमा महामारी, आइसोलेशन र तनावसँग जोडिएका स्वास्थ्य समस्याबारे समेत उल्लेख छ।
अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मनोविद् पिबर्टले सो प्रतिवेदनमा करीब ४० प्रतिशत अमेरिकी महिला जीवनको कुनै न कुनै अवस्थामा यस समस्यासँग जुध्ने र हरेक ४ मध्ये एक जना अमेरिकी पुरुषमा यस्तो समस्या हुने उल्लेख गरेको अन्तर्राष्ट्रिय समाचार माध्यम एपीले जनाएको छ। मानसिक स्वास्थ्य समस्यासम्बन्धि गुनासा आउनु अहिले सामान्यजस्तै बनेको छ।
विशेष गरि गरिबहरु मानिस, परिवारका सदस्या गुमाएकाहरु र अन्य मानसिक समस्या भएका वयस्क मानिसमा एङ्जाइटीको जोखिम बढी हुन्छ। जसका कारण प्यानिक अट्याक, र डर लाग्नेजस्ता समस्या देखिन्छन्। अमेरिकामा प्रत्येक वर्ष १८ दशमलव १ प्रतिशत व्यक्तिमा मानसिक समस्या देखिने गरेको तथ्यांक छ। साथै, प्रत्येक १० जना गर्भवतीमध्ये १ जना र सुस्केरी अवस्थाका धेरैमा मानसिक समस्या देखिएको पाइन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
