प्रतियोगितामा विश्वका विभिन्न ५२ देशबाट गायनमा १२० र नृत्यमा १२० जना कलाकार छानी नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो।
काठमाडौँ– सर्वाधिक धनराशिको पुरस्कार रहेको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि सिक्किमका प्रितम राई र नृत्यतर्फ ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्यान्डकी खुशी कार्कीले हात पारेका छन्।
त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप भारतकै शिशिर ठटाल र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप बेल्जियमका देवी गर्बुजा बने। शनिबार भएको फाइनलमा पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन्।
यस्तै, मेरो भ्वाइसको सेकेन्ड रनरअफमा नेपालका शरद हुमागाईं, थर्ड रनरअप नेपालकै परेश राई र फोर्थ रनरअप भारतका साइराज खाती बने। त्यस्तै मेरो डान्सतर्फ सेकेन्ड रनरअपमा भारतका मिग्मा डी लेप्चा, थर्ड रनरअप नेपालका स्वस्तिक अर्याल र फोर्थ रनरअपमा नेपालकै नेसन सुस्लिङ मगर भए।
इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको प्रतियोगिताका विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाख रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन्।
समूह नृत्यतर्फ भने नेपाल प्रहरी विजेता बनेको छ। सो समूहले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार प्रदान गरे। त्यस अवसरमा प्रधानमन्त्री दाहालले संसारभर नेपाल र नेपाली चिनाउने गरी आयोजना गरिएको यो प्रतियोगिता नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि एक महाअभियान भएकाले आगामी दिनमा थप विस्तारित गर्न आग्रह गरे।
संसारमा छरिएर रहेका नेपालीबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको फाउन्डेसनले जनाएको छ।
गायनतर्फ निर्णायकमा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अन्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा तथा नृत्यतर्फ अभिनेत्री मिथिला शर्मा, शंकर बिसी, दिलीप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई निर्णायक थिए।
प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो। ती देशबाट गायनमा १२० र नृत्यमा १२० जना कलाकार छानी तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
