यो नाट्य महोत्सवमा नेपालबाट पहिलो पटक शिल्पी थिएटरले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गर्न लागेको हो।
काठमाडौँ– भारतको आसाम प्रान्तको लखिमपुर शहरमा नोभेम्बर ४, ५ र ६ मा आयोजना हुने ‘भरतमूनि अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ नाटक मञ्चन हुने भएको छ। तीन दिवसीय उक्त महोत्सवमा भारत, नेपाल र बंगलादेशका गरी १० वटा नाटक मञ्चन हुने आयोजकलाई उद्धृत् गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय नाट्य कलाका पिता मानिने ‘भरतमूनि’को नाममा समर्पित यो नाट्य महोत्सवमा नेपालबाट पहिलो पटक शिल्पी थिएटरले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गर्न लागेको हो। भरतमूनि ऋषिलाई प्राचीन कालमा संगीत ग्रन्थ एवं नाट्यशास्त्रलाई विकसित गरेको श्रेय दिइन्छ।
शिल्पी थिएटरका सञ्चालक एवं रंगकर्मी घिमिरे युवराजले महोत्सवमा भाग लिने अवसर पाएकोमा खुसी व्यक्त गरे। उनका अनुसार ‘हिउँको पृथ्वी यात्रा’ नेपालमा ६० पटक मञ्चन भइसेकको छ।
‘हिउँको पृथ्वी यात्रा’ नाटकले जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई सरल कथामार्फत गम्भीर रूपमा ध्यानाकर्षण गराएको देखिन्छ। तराई/मधेशको एउटा राष्ट्रिय निकुञ्जनजिक बसोबास गर्ने आदिवासी थारू समुदायका पात्रका माध्यमबाट कथा वाचन गरिएको छ। नाटकमा केही समयदेखि पानी नपरेर माछा मारी जीविका चलाउने आदिवासी थारू परिवारको जीवनयापनमा आएको उतारचढाव पर्यावरणीय परिवर्तनसँग सम्बन्धित रहेको देखाइएको छ।

पानी नपर्दा गाउँमा खडेरी परेको छ। बिजुली निकाल्न बाँध लगाएदेखि नदीमा पानी आउन छोडेको छ। यता, गाउँघरका कुवा, पोखरी र धारा पनि सुकिसकेका छन्। बादल देखिएको छैन, तर पानी पर्ने आसमा बसेको छ, त्यो परिवार। त्यस परिवारसहित जीवजन्तु, कृषि र वनस्पतिका लागि कस्ता संकट आइपरेका छन्? हिमालको हिउँबाट निस्केर बगेका तीनवटा नदी समुद्रसम्मको गन्तव्यमा पुग्दा कस्ता समस्या खप्छन्? भन्ने विषय दृष्य र संवादमार्फत नाटकमा प्रस्तुत गरिएको छ।
विकासका नाममा भइरहेको पर्यावरणीय विनाशलाई उजागर गर्न खोजेको छ, ‘हिउँको पृथ्वी यात्रा’ नाटकले। नदी तथा प्राकृति स्रोतको जथाभावी दोहन, अव्यस्थित शहरीकरणले बढेको ‘कंक्रिटाइजेसन’, प्रकृतिप्रति असंवेदनशील विकास निर्माण र वनजंगलको फँडानीजस्ता बेलागाम गतिविधिले परेको प्राकृतिक संकटलाई नाटकमार्फत देखाइएको छ।
इजिप्टको शार्म–इल–शेख शहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन भइरहेको बेला नेपालबाट जलवायु परिवर्तनलाई विषयवस्तु बनाएको यो नाटक अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन हुन लागेको हो। भारतका प्रसिद्ध संगीतकार भूपेन हजारिकाको स्मिृतिमा आसामस्थित बृहत्तर जामुगुडी गोर्खा समाजको संयोजनमा यो नाटक त्यहाँ नोभेम्बर ५ मा मञ्चन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
