आज बिहिबार, दिनको अन्त्यसम्ममा देशभरी के कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौं।
उकालो चढ्दै गर्दा
आज बिहिबार, दिनको अन्त्यसम्ममा देशभरी के कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौं।
१. जबराको 'जब्बर' अडान कायमै
एकादेशमा न्यायमूर्ति भनेर चिनिने प्रधानन्यायाधीशको पद एक जनादेखि अर्को जना हुँदै चोलेन्द्रशमशेर राणासम्म आइपुग्दा न्याय हराएको मूर्ति हैन कि कसैको 'कठपुतली' बराबर हुनगयो। उनै एकादेशका न्यायमूर्ति हिजो र आज महाभियोग सिफारिस समितिमा न्यायिक नेतृत्वको मर्यादा पार गरेको आरोपमा सफाइ पेश गर्न ओहोरदोहोर गर्दैछन्। आफू चोखिएर अरुमाथि दोषारोपण गर्ने राणाको 'जब्बर' अडान हिजो बुधबारझैं आज पनि कायमै रह्यो।
२. अल्टिमेटम मेयर
स्थानीय तहको चुनावको घोषणासँगै चर्चामा आएका तत्कालीन उम्मेदवार बालेन्द्र शाह मेयर पदमा आसिन भएको १०० दिन पुग्ने संघारमा पनि उस्तै वा सोभन्दा धेरै चर्चा कायम राख्न सफल भएका छन्। पाँच वर्षीय कार्यकालमा मेयर साहबले पाउने अरु सफलताको लेखाजोखा हुँदै गर्ला, हालको लागि भने उनको मुख्य 'ब्याटल' सामुन्ने रहेका अवसर र चुनौतीहरुको उचित व्यवस्थापन नै हुनेछ।
'इन्भिजिबल मेयर' भनेर प्रसिद्ध काठमाडौंका भूतपूर्व मेयर विद्यासुन्दर शाक्यको निकै नै सुस्त कार्यशैलीले कायल भएका महानगरबासीमाझ हाल मेयर शाहको नायक-दबंग शैली निकै लोकप्रिय छ।
शाहले हालसालै महानगरको फोहर व्यवस्थापनदेखि अनधिकृत संरचना हटाउने र निर्धारित समयभित्र यस्ता संरचनामा रहेका पसल, आदि हटाएर नक्सा बमोजिमको संरचनात्मक प्रयोजन लागू गर्न सरोकारवालालाई अल्टिमेटम दिएका छन। उनको अल्टिमेटमको फलोअप पनि निकै रोचक हुने गरेको देखिन्छ।
यसैगरी, महानगर कार्यलयको अर्को २४ घण्टे चेतावनी पछि काठमाडौं फन पार्कले मनोरञ्जन कर चुक्ता गरेको छ।
३. ब्याटलग्राउन्ड काठमाडौं-४
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौँ क्षेत्र नं ४ बाट पोलिटब्युरो सदस्य राजन भट्टराईलाई आउँदो संसदीय चुनावको उम्मेदवार बनाउन सिफारिस गरेको छ। उनीसँगै निर्मल कुइँकेल पनि सिफारिसमा परेका छन्। उता नेपाली कांग्रेसबाट सोही क्षेत्रबाट पार्टीका महामन्त्री गगन थापा उम्मेदवार हुने निश्चितजस्तै छ।
२०७४ सालको चुनावमा यही क्षेत्रबाट उम्मेदवार बनेका एमाले अध्यक्षका विश्वासपात्र भट्टराई कांग्रेसका थापासँग पराजित भएका थिए। यसपटक उनी उम्मेदवार भए दुवैबीच प्रतिष्ठाको लडाइँ हुनेछ। थापाले यसअघि नै आफूले अब संसदीय दलको नेतामा दाबी गर्ने बताइसकेकाले उनका लागि पनि यो चुनाव 'डु अर डाई'कै स्थिति हुनेछ।
४. आलम-राग
यो ब्रिफिङ हिन्दुस्तानमा बनेको पहिलो चलचित्रबारे होइन। मंसिर ४ गते हुन लागेको आमनिर्वाचनका लागि रौतहट क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री एवं सांसद मोहम्मद अफताब आलम सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। उनीबारे खासै जानकारी नहुनेलाई यो त्यति महत्वको खबर नहोला, तर कांग्रेसका ुइन्डिस्पेन्सेबलु नेता आलम अहिले जिउँदै मान्छेलाई इँटाभट्टामा हालेको आरोपमा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा छन्। अपरिहार्य भएर नै होला पार्टीको आलम-राग कुनै बिघ्न-बाधाले कम हुने कतैबाट छाँटकाँट देखिएको छैन।
स्रोतका अनुसार क्षेत्रीय कमिटीको बैठकले कसैको विरोध नआएको हबाला दिँदै आलमको एकल नाम सर्वसम्मतिले सिफारिसको निर्णय गरेको हो। आखिर सही ठाउँमा, सही समयमा, सही मान्छेले लोकतन्त्रको सही उपयोग कसरी गर्ने भनेर नेपालको ग्य्रान्ड ओल्ड पार्टी जति कसलाई थाहा होला र?
५. डडेलधुरा किल्लामा देउवा कायमै
ग्य्रान्ड ओल्ड पार्टीको कुरा चल्दै गर्दा आलमको उम्मेदवारीबाट अब ध्यान मोडौं वर्तमान राजनीतिका चतुर खेलाडी मध्ये एक, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवातर्फ। प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट उम्मेदवार बन्न देउवा सर्वसम्मत सिफारिस भएका छन्।
हालसालै भएको स्थानीय तह निर्वाचनमा प्रमको गृहजिल्लामा कांग्रेसका बागी उम्मेदवारहरुले संस्थापनलाई आच्छुआच्छु पारेका थिए। मंसिरमा हुने आमनिर्वाचनमा गठबन्धनले असर पारेको त्यही किसिमको जोड-घटाउ कायम रहनेछ अथवा सभापतिले सबैको गुणा-भाग हिसाब मिलाउन सफल हुनेछन्, सबैका लागि उत्सुकताको विषय बनिरहने छ।
यसैबीच कांग्रेस नेतृ आरजु राणा देउवाको अभिव्यक्ति 'करुवा सरुवा हरुवा' र 'मलेशिया गेट' पछिल्लो स्थानीय चुनावमा निकै नै चर्चित रहे। उनी पनि कैलाली-५ बाट कांग्रेसको एकल उम्मेदवार सिफारिस भएकी छिन्।
६. नागरिकता विधेयक
नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ राष्ट्रिय सभामा पेस भएको छ। राष्ट्रिय सभाको विहीबार बसेको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको र प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई राष्ट्रिय सभामा पेस गरेको थियो।
७. एउटा गठबन्धन यस्तो पनिस् कोभिड र डेंगी
चुनाव आउँदो छ, चिसो नजिकिँदै छ, मनसुनको लहर बाँकी नै छ। यि सबबीच अनेक किसिमका सम्बन्ध, बन्धन देखेका, झेलेका, नेपाली जनतालाई आक्रान्त पार्न अर्को एउटा गठबन्धन थपिएको छ, कोभिड-डेंगीको गठबन्धन१ उ बेलाको वाम गठबन्धन र अहिलेको आम गठबन्धन जति घातक नभए पनि यो नयाँ गठबन्धनले देशका विभिन्न भागका जनताले व्यहोर्नु पर्ने सास्तीको किताबमा अर्को एक अध्याय थपिदिएको छ।
आजको दिनमा नेपालभर कोभिडका तीन हजार १५८ सक्रिय संक्रमित छन् भने डेंगी संक्रमितको संख्या दिनानुदिन बढ्दो छ। बुधबार मात्रै यस रोगबाट कैलालीमा एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, सन् २०२२को शुरुवात देखि दुई हजार ८२७ जनालाई डेंगी संक्रमण देखिएको छ। हाल ७७ मध्ये ७२ जिल्लामा यसका संक्रमित रहेको भेटिएका छन्। ललितपुरमा डेंगी सबैभन्दा बढि फैलिएको र काठमाडौं, रुपन्देही र धादिङमा विस्तारै संक्रमण विस्तारित हुँदै गएको मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
