फेसन रनवे शोमा सहभागी हुने मलाइका अरोरा काठमाडौँमा

भारतीय अभिनेत्री फेसन रनवे शोमा सहभागी हुने मलाइका अरोरा काठमाडौँमा आइपुगेकी छन्।

काठमाडौँ– भारतीय अभिनेत्री मलाइका अरोरा काठमाडौँ आइपुगेकी छन्। चौथो जेम एन्ड ज्वेलरी एक्स्पोमा भाग लिनका लागि अरोरा काठमाडौँ आइपुगेकी हुन्।

उनी नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्ने जेम एन्ड ज्वेलरी एक्स्पोको फेसन रनवे शोमा सहभागी हुने छिन्। बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन्।

संघले बिहीबार बेलुकादेखि दरबारमार्गस्थित होटल याक एन्ड यतिमा फेसन रनवे शो हुँदै छ। उक्त शोमा गहना, डिजाइनर, निर्माता डिलर र खुद्रा विक्रेताको सहभागिता हुने बताइएको छ। संघले नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गर्न लागेको जनाएको छ।