नलिनचोक हेलिप्याड निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रदीप अधिकारीलाई थुनामा पठाउन आदेश दिएको छ।
काठमाडौँ– नलिनचोक हेलिप्याड निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका नलिम्बित महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउन आदेश दिएको छ।
सोही मुद्दाका अर्का प्रतिवादी प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीसँग भने अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
यो पनि – नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आयोगले बुधबार अधिकारी र भण्डारीसहित ६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अन्य प्रतिवादीहरूमा उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि र यसका तत्कालीन सञ्चालक विजय थापा रहेका छन्।
भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारले उक्त मुद्दामा प्रत्येक प्रतिवादीसँग १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो दाबी गरेको छ।
विशेष अदालतले थुनामा पठाउन आदेश दिएका अधिकारीविरुद्ध आइतबार नै अर्को भ्रष्टाचार मुद्दासमेत दायर भएको छ। आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको ठहर गर्दै उनीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
