बालरोग विशेषज्ञ डा. खेम पौडेलका अनुसार चिसो खान नदिने, बिहान र साँझ बाहिर हिँडडुल गर्न नदिने, लामो र न्यानो कपडा लगाइदिने तथा झोलिलो र ताता कुरा खान दिने जस्ता कार्यले बालबालिकालाई मौसमी रोगबाट बचाउन सकिन्छ।
चितवन– भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका छन्। जाडो बढ्दै गएपछि यस्ता बिरामीको चाप बढेको हो।
अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार अस्पतालमा उपचारमा आउने बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका छन्। दैनिक एक हजार ५०० देखि दुई हजार हाराहारी बिरामी आउने गरेकामा ३०० भन्दा बढी बिरामी मौसमी रुघाखोकी र ज्वरोका रहेको डा. पौडेलले जानकारी दिए। डा. पौडेलले भने, “सामान्य समयभन्दा अहिले यस्ता बिरामीको चाप बढेको छ।”
अस्पतालका अर्का वरिष्ठ फिजिसियन डा. कालिदास अधिकारीका अनुसार लगातार चार दिनसम्म ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, जीउ दुख्ने, खाना नरुच्ने तथा सुक्खा खोकी लाग्ने जस्ता समस्या लिएर आउने बिरामीको संख्या बढेको छ। डा. अधिकारीका अनुसार सिजनल फ्लुका बिरामी बढेका छन्।
यसबाट बच्न चिसो खानेकुराबाट टाढा रहने, चिसोमा बाहिर नहिँड्ने र हिँड्नै परे बाक्लो तथा न्यानो कपडा लगाउनुपर्ने सुझाव डा. अधिकारीको छ।
बालरोग विशेषज्ञ डा. खेम पौडेलले समेत अहिले उपचारमा आएका बालबालिकामा मौसमी रोगको समस्या देखिएको बताए। बालबालिकामा लगातार ज्वरो आउने, सिँगान बगिरहने, खाना नरुच्ने जस्ता समस्या देखिने गरेको छ।
डा. पौडेलका अनुसार, अहिले उपचारमा आएका बालबालिकामध्ये ५० प्रतिशतमा मौसमी रुघाखोकी र ज्वरोको समस्या रहेको छ। बालबालिकालाई चिसो खान नदिने, बिहान र साँझ बाहिर हिँडडुल गर्न नदिने, लामो र न्यानो कपडा लगाइदिने, तथा झोलिलो र ताता कुरा खान दिने जस्ता कार्यले मौसमी रोगबाट बचाउन सकिन्छ। उनले बालबालिकालाई चिसोबाट बचाउन आग्रहसमेत गरे।
यस अस्पतालमा चितवनसहित विभिन्न जिल्लाका बिरामीको उपचार हुँदै आएको छ। संघीय अस्पतालका रूपमा रहेको यस अस्पतालमा विशेषज्ञ सेवासमेत हुने भएकाले उपचारका लागि केन्द्र बन्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
