साबिक विजेता जनकपुर बोल्ट्सले एनपीएलको जारी संस्करणमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ।
काठमाडौँ– काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबार भएको पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले पहिलो जित हासिल गरेको छ।
जनकपुरले चितवनलाई ६ विकेटले पराजित गरेको हो। चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाउँदै १८० रन बनाएर भेट्टायो।
जनकपुरको जितमा माज सदाकत र अनिल शाहले शानदार अर्धशतकीय इनिङ्स खेले। माजले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए। यसैगरी, अनिल शाहले पनि ३६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६१ रनको योगदान दिए।
अन्य ब्याटरतर्फ, आशिफ शेख र आदित्य महताले समान १८/१८ रन बनाए भने जान निकोल लोफ्टी-इटनले ११ रनको योगदान दिए।
चितवनको बलिङमा सोहिल तनवीर, कमल ऐरी र अमर रौटेलाले एक-एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर १७६ रन जोडेको थियो।
चितवनका लागि ओपनरद्वय डेविड मलान ८० रन र अर्जुन साउँद ५२ रन बनाए। यी दुई ब्याटरबीच ११२ रनको शतकीय साझेदारीसमेत बन्यो।
जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले पनि समान १/१ विकेट लिए।
लगातार चार खेल हारेपछि यो पहिलो जितसहित पाँच खेलबाट एक खेल मात्र जितेको जनकपुर अंक तालिकामा सातौँ स्थानमा छ। पाँच खेलमध्ये दुई खेल जितेको चितवन चौथो स्थानमा छ।
मंगलबार अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
