सुनको मूल्य घट्यो, चाँदी बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारमा सुनको भाउ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। चाँदीको मुल्य भने बढेर तोलामा ३ हजार ५४५ रुपैयाँ निर्धारण भएको छ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ६०० तथा चाँदी ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो।