देशका अधिकांश स्थानको मौसम सफा रहने

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

काठमाडौँ– कोशी, मधेश र बागमतीमा बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

यी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

राति पनि देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। 

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहनेछ।