एन्फा मुख्यालयको गेटमा मेडल झुन्डाएर खेलाडीरूको धर्ना (तस्वीरहरू)

यो वर्ष ‘ए’ डिभिजन लिग नखेलाउने सहमति भएपछि त्यसको विरोधमा खेलाडीहरूले आफूले जितेका पदक एन्फालाई फिर्ता स्वरूप मुख्यालयको गेटमा झुन्डाइदिएका छन्।

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच यो वर्ष ‘ए’ डिभिजन लिग नखेलाउने सहमति भएपछि खेलाडीहरूले विरोध प्रदर्शन गरेका छन्।

null

नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर शान्तिपूर्ण धर्ना दिएका छन्।

null

विरोध स्वरूप, उनीहरूले आफूले जितेका पदकहरूसमेत एन्फालाई फिर्ता स्वरूप मुख्यालयको गेटमा झुन्डाइदिएका छन्। नियमित लिग नहुँदा खेलाडी आर्थिक मारमा परेको र यसले नेपाली फुटबलको स्तर ओरालो लागेको उनीहरूको भनाइ छ।

null

यसअघि सोमबार एन्फा सचिवालय र १४ 'ए' डिभिजन क्लबका प्रतिनिधिबीच अर्को वर्षदेखि मात्र 'होम एन्ड अवे'का आधारमा लिग गर्ने सहमति भएको थियो।

null

यो वर्ष भने तीन वर्षअघिको 'ए' डिभिजन लिगका शीर्ष ६ टोली र बिहीबारदेखि हेटौँडामा शुरू हुने एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी जम्मा १० टोलीबीच मात्र राष्ट्रिय लिग गराउने सहमति भएको हो।

null
राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइजसँगै, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन्।

null

सहमतिअनुसार, बाँकी ८ 'ए' डिभिजन क्लबको भने राष्ट्रिय लिगमा प्रतिनिधित्व हुने छैन। यस्तो सहमति भएपछि खेलाडीहरू विरोध प्रदर्शनमा उत्रिएका हुन्।