आरसीबीको सम्भावित बिक्रीबारे हुने यो निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको साविक विनेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का मालिकले टोली बिक्री गर्ने तयारी गरेका छन्। यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्यांकन करिब २ अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ।
ब्लुमबर्ग न्युजका अनुसार, टोलीका मालिकहरू क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गरिरहेका छन्।
विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा आरसीबीमा गरेको लगानीको रणनीतिक समीक्षा शुरू भएको औपचारिक रूपमा जनाएको छ।
यूएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले बुधबार पठाएको पत्रमा आरसीबीलाई ‘एक मूल्यवान र रणनीतिक सम्पत्ति’ भनेका छन्।
“यो निर्णयले यूएसएल र डियाजियो दुवैको भारतस्थित व्यवसायिक पोर्टफोलियोको समीक्षा र सुदृढीकरणप्रति प्रतिबद्धता झल्काउँछ,” सोमेश्वरले भने, “हामी आरसीबी र त्यससँग सम्बन्धित सम्पूर्ण हितलाई प्राथमिकतामा राख्नेछौँ।”
यो समीक्षा प्रक्रिया पुरुष तथा महिला दुवै टोलीका स्वामित्व सम्हाल्ने रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेडसम्म फैलिने बताइएको छ। आगामी वर्षको मार्चसम्ममा यसको निष्कर्ष आउने अपेक्षा गरिएको छ।
सन् २००८ मा स्थापना भएको चर्चित टी२० क्रिकेट लिगमा आरसीबीले पहिलो पटक यसै वर्ष उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।
तर विजयको उत्सवपछि आरसीबीमाथि दुःखद क्षण पनि आयो। अहमदाबादमा अन्तिम जित हासिल गरेको एक दिनपछि, बेंगलोरको एम. चिन्नास्वामी स्टेडियम बाहिर आयोजित विजय परेडमा ठेलमठेल हुँदा ११ जना प्रशंसकको मृत्यु भयो।
५० भन्दा बढी घाइते भए। हजारौँको भीडले विराट कोहली र विजयी टोलीलाई घर फर्किँदा स्वागत गर्न सडकमा उत्रिएका थिए।
आरसीबीको सम्भावित बिक्रीबारे हुने यो समीक्षा र निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना छ। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
