प्रहरी प्रवक्ता एएचएम शहादत हुसेनले अझै एक हजार ३०० भन्दा बढी हतियार हराइरहेको जानकारी दिएका छन्।
काठमाडाैँ– बांग्लादेशले आउँदो फेब्रुअरीमा हुने चुनावअघि गत वर्ष विद्रोहको क्रममा लुटिएका मेसिन गन, राइफल र पेस्तोलसहित आत्मसमर्पण गर्न आग्रह गरेको छ। यसरी प्रशासनलाई हतियार बुझाउनेलाई नगद पुरस्कारको घोषणासमेत सरकारले गरेको छ।
सन् २०२४ को अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको कट्टरपन्थी शासनलाई अपदस्थ गर्ने घातक अशान्तिका क्रममा प्रहरी शस्त्रागारबाट अनुमानित छ हजार बन्दुक चोरी भएको थियो।
प्रहरी प्रवक्ता एएचएम शहादत हुसेनले समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा अझै एक हजार ३०० भन्दा बढी हतियार हराइरहेको जानकारी दिएका छन्। सरकारले निर्वाचनमा लुटिएका हतियारको गलत प्रयोग नहोस् भनी यो कदम अघि सारेको हो।
प्रहरीले हराइरहेका हतियारमध्ये एउटा हलका मेसिन गन फिर्ता गर्नेलाई चार हजार डलर, असॉल्ट राइफलको लागि ८०० डलर र शटगन वा पेस्तोलका लागि ४०० सम्म पुरस्कारको व्यवस्था गरेको छ भने गोला बारुदको लागि पनि उचित नगद भुक्तानी गरिन जनाएको छ।
“बांग्लादेश प्रहरीले हतियार लिएर आत्मसमपृण गर्नेका लागि पूर्ण गोपनीयताको सुनिश्चितता गरेको छ,” हुसेनले भने।
गत वर्ष हसिना निर्वासनमा गएपछि बांग्लादेशमा राजनीतिक उथलपुथल चलिरहेको छ र सन् २०२६ को फेब्रुअरीमा हुने निर्वाचनअघि राजनीतिक दलहरू सत्ताका लागि होडबाजी गरिरहेका छन्।
ढाकास्थित अधिकारवादी समूह ओधिकरका अनुसार विद्रोहपछि राजनीतिक हिंसामा करिब ३०० जनाको मृत्यु भएको र विभिन्न प्रदर्शन र झडपजन्य हिंसामा १५० भन्दा बढीको मृत्यु भएको छ।
यसैबीच, अन्वेषकहरूले अक्टोबर १८ मा देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवन परिसरमा भएको विनाशकारी आगलागीको अनुसन्धान जारी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
