च्याम्पियन्स लिग

रियल मड्रिडमाथि लिभरपुलको जित

च्याम्पियन्स लिगकै अर्को खेलमा बायर्न म्युनिकले साबिक विजेता पेरिस सेन्ट जर्मेनलाई २–१ ले हरायो।

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलले रियल मड्रिडलाई हराएको छ। 

मंगलबार राति एनफिल्डमा पाहुना टोली रियल १–० ले पराजित भयो। लिभरपुलको जितमा एलेक्स म्याक एलिस्टरले ६१औँ मिनेटमा गोल गरे।

अर्को खेलमा बायर्न म्युनिकले साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले हरायो। बार्यनका लागि दुवै गोल लुइस डियाजले गरे भने पीएसजीका जोआओ नेभेसले एक गोल फर्काए। 

यस्तै, इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलले स्लाभिया प्रागलाई ३–० ले पराजित गर्‍यो। 

लिगमा चारै खेल जितेका बायर्न तथा आर्सनल अंक तालिकाको शीर्ष दुई स्थानमा छन्।