Friday, March 29, 2024

-->

नेप्से परिसूचकमा उच्च अंकले वृद्धि, १ हजार ९४२.६३ पुग्यो

कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले मंगलबार शेयर बजारमा हरियाली छाएको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ।

नेप्से परिसूचकमा उच्च अंकले वृद्धि १ हजार ९४२६३ पुग्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ५१. ३१ अंकले उकालो लागेर एक हजार ९४२. ६३ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ८. ८५ अंकले उकालो लागेर ३६७. ७४ मा पुगेको छ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले आज बजारमा हरियाली छाएको हो। कूल ६० लाख ६७ हजार ४३२ कित्ता शेयर दुई अर्ब २० करोड २३ हजार रुपैयाँमा खरिद बिक्री भएको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको १० करोड पाँच लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनीको आठ करोड ९९ लाख २७ हजार, एनआइसी एशिया बैंकको सात करोड २३ लाख ६१ हजार, हिमालयन एभरेस्ट इन्स्योरेन्सको सात करोड १९ लाख ९७ हजार र हिमालयन डिस्टिलरीको छ करोड ७९ लाख छ हजार रुपैयाँको बराबर भएको छ।

नेप्सेका अनुसार, कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले ८. ३७ प्रतिशत कमाएका छन्। आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।


सम्बन्धित सामग्री