भारतको जितमा जेमिमा रोड्रिग्स १२७ रनमा अविजित रहिन्। कप्तान हरमनप्रीत कौरले ८९ रन बनाइन्।
काठमाडौँ– अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारत महिला विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
३३९ रनको विशाल लक्ष्य भारतले जेमिमा रोड्रिग्सको नटआउट शतकको मद्दतमा ४८.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। भारतले अब उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ।
भारतको जितमा जेमिमा ११५ बलमा शतक प्रहार गर्दै १२७ रनमा अविजित रहिन्। कप्तान हरमनप्रीत कौरले ८९ रन बनाइन्।
त्यसअघि अस्ट्रेलियाले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो। अस्ट्रेलियाका लागि फिबी लिचफिल्डले ९३ बलमा ११९ रन बनाए पनि जितका लागि पर्याप्त भएन।
इंग्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
