पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

प्रशिक्षक रस २०८१ फागुन १८ गते नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

काठमाडौँ– नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग भएको सम्झौताको अवधि सकिनुअघि नै प्रशिक्षक रसले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

उनको प्रशिक्षणमा नेपाली टोलीले एएफसी एशियन कप २०२७ को छनोटलगायत महत्त्वपूर्ण खेल खेलेको थियो।

 अस्ट्रेलियाली प्रशिक्षक रस २०८१ फागुन १८ गते नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।