एल क्लासिकोमा रियल म्याड्रिडको जित

दुई प्रतिस्पर्धी टोलीबीचको खेलमा रियलले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकालेको हो।

काठमाडाैँ– एल‌ क्लासिकोमा रियल म्याड्रिडले जित हात पारेको छ। दुई प्रतिस्पर्धी टोलीबीचको खेलमा रियलले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकालेको हो।

आइतबार राति सान्टियागो बेर्नाबेउमा भएको खेलमा केलियन एमबाप्पे र जुड बेलिंघमका गोलले रियल विजयी भयो।

खेलको २२औँ मिनेटमा एमबाप्पेले पहिलो गोल गरे। बार्सिलोनाबाट फर्मिन लोपेजले ३९औँ मिनेटमा बराबरी गोल गरे पनि ४३औँ मिनेटमा बेलिंघमले नजिकबाट गरेको गोल खेलको निर्णायक बन्यो।

भिनिसियस जुनियरको क्रसलाई मिलियटोले हेड मार्फत मिलाई दिएपछि बेलिंघमले सहजै गोल गरे।

५२औँ मिनेटमा रियलले अन्तर बढाउने मौका गुमायो। एमबाप्पेको पेनाल्टीलाई बार्सिलोनाका गोल किपरले रोके। त्यसअघि १२ औँ मिनेटमा एमबाप्पेको होमलाई भीएआर जाँचपछि अमान्य गरिएको थियो।

बार्सिलोनाले १० खेलाडीमा खेलको अन्त्य गर्यो। इन्ज्युरी समयको १०औँ मिनेटमा पिर्दीले दोहोरो पँहेलो कार्ड पाएका थिए।

यो सिजनको पहिलो क्लासिकोमा शुरूदेखि अन्त्यसम्म खेल रोमान्चक रह्यो। खेल समाप्त भएपछि दुवै टोलीका खेलाडीहरूबीच केही तनावपूर्ण अवस्था पनि सिर्जना भएको थियो।

जितपछि २७ अंकसहित शीर्ष स्थानको रियलले दोस्रोमा रहेको बार्सिलोनालाई‌ ५ अंकले पछि परेको छ।