मनसुन क्रमशः कमजोर हुँदै

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको छ। 

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया मौसम सफा रहनेछ। साथै यी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।