नेपाल पञ्चांग निर्णायक विकास समितिले विजयादशमीको टीका प्रसाद ग्रहणका लागि बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ।
काठमाडौँ– बडादशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका एवं जमरा लगाइँदै छ। दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट लगाउने चलन छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले विजयादशमीको टीका प्रसाद ग्रहणका लागि बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ। देवी विसर्जनको साइत बिहान ९:२३ बजे रहेको छ।
समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्कनु उपयुक्त हुने छ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने समितिले जनाएको छ।
पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानेर लगाउने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
