देशका विभिन्न स्थानमा वर्षा, असोज २० सम्म सतर्कता अपनाउन अनुरोध

असोज १७ गतेदेखि २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने जनाइएको छ।

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ। 

बंगालको खाडीमा विकसित भएको न्यूनचापीय मौसमी प्रणालीका कारण असोज १७ गतेदेखि २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने जनाइएको छ। 

वर्षाका कारण काठमाडौँ उपत्यकासहित, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको छ। 

महाशाखाका अनुसार असोज १८ गतेदेखि अति भारी वर्षाको सम्भावना छ। उक्त अवधिमा नारायणी, बागमती, कमला, कोशी र यी नदीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। 

अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।