राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेल र  प्रधानमन्त्री सुशीला कार्कीबीच आजै केहीबेर अघि शीतल निवासमा भेटवार्ता पनि भएको थियो।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली सम्बन्धी अध्यादेश जारी गरेका छन्।

उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘मतदाता नियमावली ऐन, २०७३ लाई संसोधन गर्न बनेको अध्यादेश’ जारी गरेका हुन्।

राष्ट्रपति पौडेल र  प्रधानमन्त्री सुशीला कार्कीबीच आजै केहीबेर अघि शीतल निवासमा भेटवार्ता पनि भएको थियो। उनीहरूबीच समसामयिक राजनीति, आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।