प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनाउन अगाडि सारेका सात जनामध्ये केही नाममा गुनासो आएपछि मन्त्रिपरिषद् विस्तार आजै हुने/नहुने टुंगो लागेको छैन।
काठमाडौँ– मन्त्रिपरिषद् विस्तार टुंग्याउन प्रधानमन्त्री सुशीला कार्कीले दुई मन्त्री र निकटवर्तीसँग छलफल गरेकी छन्। मन्त्रीका लागि सात जनाको नाममा छलफल भएको छ।
उच्च स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले महावीर पुन, संगीता मिश्र, जगदीश खरेल, बब्लु गुप्ता, मोहना अन्सारी, मदन परियार, गंगाराम महर्जनलाई मन्त्री बनाउन चाहेकी छन्। तर एकदुई जनाको छविलाई लिएर व्यापक गुनासो आएपछि प्रधानमन्त्री ती नाममा पुनः विचार गर्ने दबाबमा परेकी छन्।
गुनासो आएका नामबारे अहिले बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनसक्ने स्रोतले बताएको छ। बैठकपछि आजै मन्त्रिपरिषद् विस्तार हुने वा नहुने टुंगो लाग्नेछ।
नयाँ मन्त्रीलाई सपथ गराउने तयारीका लागि राष्ट्रपति कार्यालयलाई भने अहिलेसम्म जानकारी गराइएको छैन। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले ४ बजेसम्म मन्त्री बन्ने कसैको नाम नआएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
