देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिण तथा पूर्वमा सरदर स्थान आसपास अवस्थित रहेको छ। 

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीसहित बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी तराई भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, मधेश र गण्डकीका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, मधेश, बागमती र गण्डकीमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।