देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँ– नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ।

दिउँसो मुलुकभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना छ।

राति कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा साधारणतया बदली रहने छ।

कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।