Wednesday, July 24, 2024

-->

मध्य अमेरिकामा भारी वर्षा र पहिरो: १३ जनाको मृत्यु

एल साल्भाडोर र ग्वाटेमालामा शनिबारदेखि नै वर्षा भइरहेको छ। राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोल खस्दा अन्य दुई जनाको मृत्यु भएको छ।

मध्य अमेरिकामा भारी वर्षा र पहिरो १३ जनाको मृत्यु

मध्य अमेरिकामा भारी वर्षासँगैको बाढी पहिरोमा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको छ। 

बाढीबाट एल साल्भाडोर र ग्वाटेमालामा सबैभन्दा बढी प्रभावित भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले बताइन्। पश्चिमी जिल्ला टाकुबामा बाढीले सोमबार पाँच जनाको मृत्यु भएको थियो। यस्तै, राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोल खस्दा अन्य दुई जनाको मृत्यु भएको थियो।

शुक्रबार र आइतबारको बिचमा बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको अमायाले बताइन्। शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ।

ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको थियो।  

 उता, इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेको संख्या बढेर सात पुग्नुका साथै अन्य २२  जना घाइते भएको अधिकारीले बताएका छन् ।

 उनीहरूका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा पनि भारी वर्षाका कारण पहिरो गएको छ।


सम्बन्धित सामग्री